दशै भित्रिदै गर्दा साकेला गाउपालिकामा सरसफाइ तिब्र

खाेटाङ । वडा कार्यालय रतन्छाको पहलमा जनश्रमदान मार्फत साकेला पार्क (थान) सरसफाई  गरिएको छ। दशै भित्रिदै गर्दा खाेटाङकाे साकेला गाउपालिकामा सरसफाइलाई तिब्रता दिदै दशै तिहारलाई स्वागत गर्ने कार्य भैरहेको छ। लगातार श्रमदान अभियान चलाईरहेको साकेला गाउँपालिकाले हिजो आईतबार वडा नम्बर २ स्थित साकेला पार्कको सरसफाई गरेको हो ।  गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीहरुको सहभागितामा पार्क सरसफाई गरिएको हो । 

गाउँपालिकाद्वारा सञ्चालित पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा सरसफाईको कार्यक्रम चलाईएको साकेला गाउिालसकाका प्रवक्ता जीवन न्यौपाने खत्रीले जानकारी दिए । दशैँ लगायतका चाडबाड नजिकिँदै गर्दा गाउँघरमा रहेका पार्क, गोरेटोबाटो, पाटीपौवा, सडक तथा बजार सरसफाई गर्न सुरु गरिए सँगै गाउँघरमा चाडवाडको रौनकता सुरु भईसकेको छ ।

त्यसो त गाउँपालिकाले यसअघि पनि गोरेटो बाटो तथा सडक सरसफाईको कामलाई निरन्तर अघि बढाउँदै आएको छ । किराँत राईहरुको प्रमुख देवस्थल रहेको साकेला थान र सो सँगै निर्माण गरिएको पार्क वरपर फैलिएका झाडी फडाँनी गर्नुका साथै फोहरमैला व्यवस्थापनको कार्य सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए । साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउन आफूहरु प्रयत्नशिल रहेको बताउदै अध्यक्ष राईले सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहेको प्रति आभार व्यक्त गरेकाछन । 

 पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय नलाग्ने पालिका अध्यक्ष राईले बताए । जनश्रमदान मार्फत नै पालिकाभित्रका विभिन्न सडकहरु मर्मत सम्हार गरेर हिउँद वर्षा टोलटोल सम्म सवारी साधन पुग्न सक्ने बनाउने अभियानमा आफूहरु रहेको पनि राईले वताए । 

साकेला गाउँपालिकाले पूर्ण सरसफाईको अभियानलाई सफल बनाउनका लागि नियमित रुपमा बजार, सडक, सार्वजनिकस्थल, विद्यालय तथा कार्यालय परिसरमा सरसफाईको कार्य नियमित गर्दै आएको छ । पालिकालाई सुन्दर र सफा राख्न हरेक स्थानमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर सङ्कलन गर्नका लागि डष्टविनको समेत प्रयोग गर्दै आएको छ । अन्य स्थानीय तह र अन्य स्थानको बजारक्षेत्र भन्दा साकेला गाउँपालिकाको हरेक टोल तथा वस्ती र सडकहरु सफा र देशकै नमूना बनाउनुपर्छ भनेर पालिका लागिपरेको प्रवक्ता न्यौपानेले वतनए ।

प्रतिक्रिया