काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको महासङ्घले जनाएको छ।
२२ जेठ २०८३, शुक्रबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार