सन्तोष प्रसाद जोशी
आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा प्रस्तुत गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिनुभएको छ ।
उहाँले गाउपालिकामा संशोधन भएका ३ वटा कार्यविधि सभाबाट पारीत भएको बताउनुभयो । गाउँ सभामा पास भएका संशोधन ऐन तथा कार्यविधि २०८० पास भएको उहाँले बताउनुभयो ।
सभामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले गाउँसभामा उठेका सवालको जवाफ दिदै पुरानालाई संशोधन गर्दै कार्यान्वयन हुन बाँकी रहेका नीतिलाई तत्काल कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उपाध्यक्षको अकल्पनीय निधनले अधिवेशन ढिलो भएको उहाँले बताउनुभयो छ ।
भौगोलिक विकटता र पालिकाको आन्तरीक खिचातानिका कारण समयमा गाउँसभा हुन नसकेको स्वीकार्दै गाउँपालिकाका अध्यक्ष रोकायाले आगामी दिनमा समयमै गाउँ अधिवेशन सम्पन्न गर्ने र सोहि अनुरुप निति तथा कार्यक्रम कार्यन्वयन गर्ने बताउनुभयो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष रोकायाले पहिलो प्राथमिकता गाउपालिकाले मदिरा नियन्त्रण फुकुवा तथा ब्यवस्थापन कार्यविधि २०८० लाई पारित भएको बताउनुभयो । गाउँपालिका भित्रका सार्बजनिक जग्गा प्राप्त गर्न जग्गाको मूल्य तथा मुआब्जा निर्धारण गर्न समन्वय एवं सहजीकरण गर्नका लागि स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ मा उल्लेखित कार्यबिधी पारित भएको उहाँले बताउनुभयो त्यस्तै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचार सहिता विधेयक २०८० पारित भएको जानकारी दिनुभएको छ ।
निती तथा कार्यक्रम प्रस्तुत वडा नं १ का वडाध्यक्ष अजय बिकले गर्नु भएको थियो ।गाउपालिका अध्यक्ष रोकायाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी लगायतका क्षेत्रमा प्राथमिकता दिने बताउनुभयो छ।
उहाँले हिउँदे गाउँसभामा बोल्दै चालु आर्थिक बर्समा भैपरी आउने खर्च कम रहेको र कर्मचारी तलब लगाएत भत्ता उपलब्ध गराउन पनि समस्या भएको बताउनुभयो छ।गाउँ सभामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकाया विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, गाउँ कार्यपालिकाका सदश्य, वडासदश्य लगायत पत्रकारको सहभागिता मा अधिबेसन सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार