बझाङ १ मा मतपेटीका संकलन सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा खाली भएको स्थानमा शनिबार उपनिर्वाचन भएको थियो । सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए।आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको हो ।
अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने भएको छ । बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ९१० मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए। ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मन्त्री बनेपछि गृह जिल्ला फर्किंने बेला उनी सवारी दुर्घटनामा परेर निधन भएको थियो।बझाङ–१ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार