गत सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटक ७८ हजार

काठमाडौं।सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८।३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

यो समयमा भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बंगलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्याँक छ ।

प्रतिक्रिया