विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको  बताएकी छन् ।त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् । नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले प्राप्त ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न दिक्षीत विद्यार्थीहरूलाई आग्रह गरिन् ।उनले भनिन, ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक छ ।

दिगो र समावेशी विकास, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि शिक्षित, सचेत र उत्तरदायी नागरिकको भूमिका निर्णायक हुने उनले बताइन् ।शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको छ । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएको छ । यसबारेमा परामर्श र गृहकार्य भइरहेको छ ।’

नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उहाँको आग्रह थियो ।

प्रतिक्रिया