काठमाडौं ।
भ्रष्टाचार अरोपमा मुछिएका काठमाडौं महानगरपालिकाका निर्देशक डा। शिवराज अधिकारी ५० हजार धरौटीमा छुटेका छन् । सामाखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको मुद्दामा मुछिएका अधिकारीलाई विशेष अदालतले मङ्गलवार ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
उक्त मुद्दामा मुछिएका अधिकारी मङ्गलवार अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहसपछि न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मङ्गलवार उक्त मुद्दामा प्रतिवादी बनाइएका ७ जनाकै बयान तथा थुनछेक बहस सकिएको छ ।
अब यही साउन १८ गतेदेखि मात्रै विशेष अदालतमा पेसी तोकिने भएकाले त्यसपछि उक्त मुद्दाको पेसी तोकिने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जना विरुद्ध गत जेठ २८ मा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार