गाजामा पुन.एकपटक भोकले आक्रान्त ब्यक्तिहरुमाथि इजरायली सेनाले गोली चलाउँदा ६७ जना भन्दा बढीकाे मृत्यु भएको छ।गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, उत्तरी गाजामा संयुक्त राष्ट्रसंघको सहायताको प्रतीक्षामा रहेका कम्तीमा ६७ जनालाई इजरायली सेनाले गोली हानी हत्या गरेको जनाएको हो।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले २५ ट्रक सहायता सामाग्री इजरायलबाट छिर्दै जाँच चौकी पार गरेपछि, भोकले व्याकुल ठूलो भीडसँग भेट भएको थियो। उनीहरुले खानेकुरा प्राप्तीको प्रयास गरिरहँदा इजरायद्यि सेनाले गोली चलाइएको थियो। इजरायल डिफेन्स फोर्स ९आइडिएफ० ले भने तत्कालीन खतरा हटाउन ‘चेतावनीस्वरूप गोली प्रहार’ गरेको जनाएको छ। मृतकको संख्यालाई लिएर भने विवाद देखिएको छ।
शनिवार गाजाको स्वास्थ्य मन्त्रालयले अत्यधिक भोकमरी फैलिँदै गएको चेतावनी दिएको थियो र बढी संख्यामा मानिसहरू ‘अत्यन्त थकित र कमजोर’ अवस्थामा स्वास्थ्य सेवाका केन्द्रहरूमा आइरहेका बताएका थिए।
गाजामा भोकमरीको संकट गहिरिँदै, सहायता खोज्नेहरूमाथि आक्रमणमा दर्जनौंको मृत्यु
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले चेतावनी दिंदै भोकमरीको संकट उत्कर्षमा पुगेको जनाएको छ। ‘शरीरको मासु सुकेर हड्डीसम्मेत सुकिसकेका सयौं मानिसहरू भोककै कारण छिट्टै ज्यान गुमाउने खतरामा पुगेको जनाएको छ। संयुक्त राष्ट्रसंघले पनि गाजामा आमनागरिकहरू भोकमरीमा परेको बताउँदै अत्यावश्यक सामग्रीको आपतकालीन आपूर्ति माग गरेको छ। स्वास्थ्य मन्त्रालयले आइतवार मात्र पछिल्लो २४ घण्टामा भोकमरीका कारण १८ जनाको मृत्यु भएको जनाएको छ।
उत्तरी गाजाबाट घाइते भएका धेरैलाई गाजा सिटीको शिफा अस्पतालमा पुर्यालइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा। हसन अल(शाएरलेका अनुसार अस्पताल ‘पूरै भरिएको’छ। अस्पताल बाहिर एक महिलाले भनिन्, ‘सारा जनसंख्या मर्दैछ। बालबालिकाहरू भोकले मर्दै छन्, किनकि उनीहरूसँग खाने केही पनि छैन। मानिसहरू केवल पानी र नूनमा बाँचेका छन्।’
गाजा सिभिल डिफेन्स एजेन्सीको अद्यावधिक गरेको विवरण अनुसार, आइतवार मात्रै इजरायली हमलामा ९३ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्। यसमध्ये ८० जना उत्तरी गाजामा मारिएको र रफाहस्थित एक सहायता केन्द्र नजिकै ९ जना र खान युनिसमा सहायता केन्द्र नजिकै ४ जनाको ज्यान गएको बताइएको छ। दुवै स्थान गाजाको दक्षिणी क्षेत्रमा पर्छन्।
गाजा सिटीका कासेम अबु खाटेरले एएफपीलाई दिएको जानकारी अनुसार मानिसहरु सहयाता लिन जाँदा गोली खानुपरेको बताए। उनले भने ‘म एक बोरा पीठो लिन गएको थिएँ, तर त्यहाँ गएर म मृत्युलाई नजिकबाट देखेँ। हताश भीड, भीडको चाप, चिच्याहट र धक्का(मुक्का।’ उनले थपे, ‘ट्यांकहरूले अन्धाधुन्ध गोली चलाइरहेका थिए र इजरायली स्नाइपरहरू जंगलमा जनावर सिकार गरेजस्तो गरेर हामीमाथि गोली चलाइरहेका थिए। मेरा आँखा अगाडि दर्जनौं मानिसहरू मारिए, तर कोहीले कसैलाई बचाउन सकेन।’
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले सहायता खोजिरहेका आमनागरिकहरूमाथि भएको हिंसाको निन्दा गर्दै यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेको छ। उसले एक्समा एक वक्तव्य पोस्ट गर्दै लेख्यो ‘गाजामा कुपोषण चर्किँदै गएको छ, ९०,००० महिला र बालबालिकालाई तत्काल उपचार आवश्यक रहेको छ।’ संस्थाका अनुसार,’प्रत्येक तीन जनामा एक जना दिनौंसम्म खाना नपाएर बस्न बाध्य छन्।’
मे महिनाको अन्त्यदेखि हालसम्म दैनिक रूपमा सहायता खोज्ने फिलिस्तीनीहरू मारिएको रिपोर्ट आइरहेको छ। शनिबार मात्र गाजाको दक्षिणी भागका दुई सहायता वितरण केन्द्र नजिक इजरायली गोली लागेर ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार