तीन राज्यमन्त्री थपिए, मन्त्रिपरिषद्ले पायो पूर्णता

           काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 
राष्ट्रपति पौडेलले  रुपा विक र पूर्णबहादुर तामाङ र अरुणकुमार चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।  तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
चौधरीले संस्कृति पर्यटन तथा नागरिक  उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।   गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।


प्रतिक्रिया