खोटाङको समस्या बोकेर जनप्रतिनिधि र पार्टीका नेता सिंहदरबारमा

         काठमाडौं। केही समय अगाडि गएको भीषण बाढी र पहिरोको कारण जिल्लामा बिधुत,खानेपानी, सडक र सिंचाइ जस्ता पुर्वाधारहरुको क्षति भएको कारण पुनर्निर्माण संगै थप बिधुत बिस्तार र सिंचाइको योजना माग गर्दै

नेकपा माओवादीका केन्द्रीय सदस्य एवं संघिय सांसद रामकुमार पासाङ, नेपाली कांग्रेसको जिल्ला सभापति बिष्णु कुमार राईको नेतृत्वमा एक प्रतिनिधि मण्डलले बुधबार सिंहदरबारमा उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्कालाई ध्यानाकर्षण गराएको छ।

जलस्रोत मन्त्री संगको छलफलमा मन्त्री  खड्काले मन्त्रालयका सचिवलाई पनि संगै राखेर प्रतिनिधिमण्डल संग योजनाको बारे अन्तरक्रिया गराएको प्रतिनिधिमण्डलमा सहभागी खोटाङ कांग्रेका नेता देवेन्द्र बस्नेतले ग्लोवल न्युज सेभेन सेभेनलाई जानकारी दिए।

त्यस्तै वन तथा वातावरण राज्यमन्त्री रुपा विक संग अहिले सामुदायिक वनहरुमा देखिएको कानुनी समस्या, जंगली जनावरहरुको कारण किसानहरुमा परेको समस्या र समाधानको विषयमा छलफल भएको देवेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया