नेप्से ६४.६७ अंकले बढ्यो, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहकै सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै विकास बैंकतर्फको उपसमूहको सेयर मूल्य उकालो लागेको छ । यस उपसमूहको सेयर मूल्य करिब ४ प्रतिशत बढेको छ । बाँकी उपसमूहहरूको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ । 

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  आज ३४२ कम्पनिका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा कारोबार भएको थियो ।  आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सोलु हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने होटल फरेस्ट इनको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर५.१२ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ समृद्धि लगानी योजनाको सर्वाधिक ५.१२ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसविद्युत् र माथिल्लो तामाकोशी छन्।यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया