नाउपा लथालिङ्ग : मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्च गए नाउपाका लक्ष्मणकिशोर

काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दिएका हुन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्मको समय तोकेका थिए ।

नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरे । नाउपाकामा अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका श्रीमान रेशम चौधरीबीचको विवादको कारण पार्टी लथालिङ्ग जस्तै छ । नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संंसदीय दलको नेताको समर्थनसहित अर्को दाबी पेस गरे ।

दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै थप दुई दिन समय दिए । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नाउपाका कैलाश चौधरी पक्षसमेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे । प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसैको विरोधमा लक्ष्मणले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

प्रतिक्रिया