वातावरण संरक्षण र स्वास्थ्य जोखिम न्यूनीकरण आजको आवश्यकता : राज्यमन्त्री रुपा

           वन तथा वातावरण राज्यमन्त्री रुपा विक पोखरेलले वातावरण संरक्षण गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण गर्नु  आजको आवश्यकता र प्राथमिकता रहेको वताउनु भयो।

इन्डोनेसियामा आयोजना भैरहेको एसिया प्यासिफिक रिजनल फोरम स्वास्थ्य तथा वातावरण अन्तर्गत पाँचौं मन्त्रीस्तरीय बैठकलाई संवोधन गर्ने क्रममा उक्त कुरा वताउनु भएको हो।

उहाले भन्नुभयो "हाम्रो नीति, योजना र कार्यक्रमहरूमा वातावरणीय सुरक्षा र मानव स्वास्थ्य उच्च प्राथमिकतामा छन्। जसको लागि नेपाल सरकार नितिगत र योजनावद्व ढंगले अगाडि बढिरहेको छ। स्वास्थ्य र वातावरण एउटै सिक्काका दुई पाटा हुन् र यसका लागि सबै तहका सरकार, निजी क्षेत्र र सरोकारवालाको सहभागिता र सक्रिय सलग्नता आवश्यक छ ।"


मन्त्री विकले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्न सबै तहका सरकार र समुदायमा समान जोड दिएको पनि बताउनु भयो।

बासेल कन्भेन्सन, रोटरडम कन्भेन्सन र स्टकहोम महासन्धिको पक्ष भएको नाताले नेपाल सरकार विभिन्न योजना र नीतिहरू संगै फोहोर र रासायनिक प्रदूषणलाई ब्यवस्थापन गर्न पनि प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

मन्तब्यको क्रममा सहभागी संग वातावरण र स्वास्थ्य विश्वव्यापी एजेन्डा भएकाले नेपाल सरकार  प्रकृति र मातृभूमिको संरक्षणका लागि विश्व समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो।

थर्मेटिक कार्य समूहहरूद्वारा अगाडि बढाइएका कार्यहरूमा नेपाल सरकार पुर्ण प्रतिवद्व रहेको जनाउदै राज्यमन्त्री विकले बासेल कन्भेन्सन, रोटरडम कन्भेन्सन र स्टकहोम महासन्धिको पक्षधर भएको नाताले नेपाल सरकार विभिन्न योजना र नीतिहरू संगै फोहोर र रासायनिक प्रदूषणलाई ब्यवस्थापन गर्न पनि प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

प्रतिक्रिया