रुपन्देही । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनको मिति तय गर्ने विषयमा भएको विवाद हातपातसम्म पुगेको छ ।
भैरहवास्थित संघको कार्यालयमा बसेको बैठकमा कार्यवाहक अध्यक्ष रमेश बेल्बासे र महासंघका प्रदेश महासचिव तथा संघका पूर्वअध्यक्ष विनय ज्ञवालीबीच विवाद भएको हो । बेल्बासेले ज्ञवालीले आफूलाई मुक्का प्रहार गरेको आरोप लगाएका छन् । मुक्काका कारण कानको जालीमा असर परेको उनको भनाइ छ ।
संघको कार्यसमितिले यसअघि आगामी मंसिर १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरेको थियो । तर केही सदस्यले असोजमै अधिवेशन गर्नुपर्ने माग गरेपछि विवाद चर्किएको बताइएको छ ।
ज्ञवालीले भने बेल्बासेले अमर्यादित शब्द प्रयोग गरेपछि आफूले हातपात गरेको स्वीकार गरेका छन् ।
घटनापछि बेल्बासेले प्रहरीमा उजुरी दिएका छन् भने थप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । यसअघि पनि संघको नेतृत्व विवाद अदालतसम्म पुगेको थियो । अधिवेशनको मिति विवादसमेत हातपातमा परिणत भएपछि संघभित्रको विवाद थप गहिरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार