रुकुममा जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

काठमाण्डाै ।

  रुकुम–पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन्। बिरामीमध्ये एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर छ।

साउन २ गते स्थानिय रामकुमारी सुनार र उनका छोराछोरीहरूले जंगलबाट टिपेर ल्याएको च्याउ खाएका थिए। त्यसपछि उनीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो। तीन दिनपछि साउन ५ मा उनीहरूलाई उपचारका लागि रुकुम–पूर्व अस्पतालमा ल्याइएको थियो। 

अस्पतालमा उपचार गर्दा पनि सुधार नदेखिएपछि, साउन ६ मा रामकुमारी सुनार, उनकी ६ वर्षीया छोरी भाग्य रेखा विक र ३ वर्षीय छोरा योजन विकलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सल्यान अस्पताल लगिएको थियो।

तर, सल्यान अस्पतालमा उपचारको क्रममा योजन विकको मंगलबार दिउँसो ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक ९डीएसपी० उमाशंकरप्रसाद यादवले बताए। रामकुमारी सुनार र भाग्य रेखा विकको अवस्था पनि गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि दाङ रिफर गरिएको डीएसपी यादवको भनाइ छ।

उता, ९ वर्षीया आयुषा विकलाई भने परिवारले जिल्ला अस्पताल रुकुम ९पूर्व०बाट जिल्ला अस्पताल रुकुम ९पश्चिम० सल्ले लगेको र उनको अवस्था भने मध्यम रहेको छ।

प्रतिक्रिया