बझाङ । बझाङ प्रदेशसभा– १ (१) मा जारी मतगणनामा एमालेले फराकिलो अग्रता बनाउँदै गएको छ ।
छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मत पाएका छन् । भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ ।
यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत ल्याएका छन् । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि शनिवार उपचुनाव भएको थियो ।
१६ बैशाख २०८१, आईतबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार