जापान काण्डमा मन्त्री पद गयो तर मन्त्री फसाउने बाहिरै सरर

      काठमाण्डौ । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभको अवैधरुपमा मानिस जापान प्रवेश गराएको आरेपमा मन्त्री पद गएको छ भने यही घट्नामा संलग्न देखिएका गोपाल गौतमे भने बाहिरै सरर सयरमा छन् ।

भिआइपीसँगै नक्कली कागजात बनाएर अरूलाई पनि जापान पठाउने गिरोहमा महेश पाण्डेको प्रमुख संलग्नता रहेको देखिएको छ । पाण्डेसहित ६ जना पक्राउ परेका छन् । जापान जान खोज्ने तीन र अन्य तीन जनालाई पक्राउ गरेर हिरासतमा राखिएको हो । थप एक जनालाई भने तारेखमा राखेर अनुसन्धान भइरहेको प्रहरी श्रोतले बताएको छ ।


मन्त्रीलाई जापान जाने प्रस्ताव गरेका र पासपोर्ट लिएका गौतमलाई भने प्रहरीले पक्राउ गरेको छैन। सम्पर्क गर्न खोज्दा एतबिेला उनको मोबाइल अफ रहेको छ। योगराज गौतम उर्फ गोपाल गौतमको घर रतुवामाई वडा नम्बर ९ इटहरा हो । उनी एमालेका स्थानीय कार्यकर्ता हुन् । अहिले सपरिवार काठमाडौंमा बस्दै आएका छन् । काठमाडौँ आएपछि उनले सामान्य ठेक्कापट्टाको काम थाले । अहिले उनी सिंहदरबारको सरसफाइका लागि आवश्यक पर्ने सफाइ मजदुर सप्लाई गर्छन् ।

प्रहरीका अनुसार रसुवा कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका कञ्चन देवकोटा, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बुढानीलकण्ठ–११ म बस्ने दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर बुढानीलकण्ठ–११ म बस्दै आएका जनक राई पक्राउ परेका छन् । उनीहरू जापान जान हिँडेका थिए । उनीहरू मन्त्रीसँगै नेपाल फर्किएपछि पक्राउ परेका हुन् ।

उनीहरूको बयानका आधारमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुसी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये रिजाल र सुनुवारले नक्कली कागजात बनाएको प्रहरीको दाबी छ ।

जापान हिँडेकामध्ये दुई जनालाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायक पदको कागजात बनाइएको छ । उनीहरूलाई सो गिरोहले मन्त्रालयको परिचयपत्र समेत बनाइ दिएका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिचयपत्रमा लिलाबल्लभ अधिकारी ‘निमित्त कार्यालय प्रमुख’ भनेर सही गरेको देखिन्छ । 

प्रतिक्रिया