कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

कुल ४० सदस्यीय प्रदेश सभामा ३५ सांसद उपस्थित हुँदा कँडेलले २३ मत पाएका हुन् । विपक्षमा ११ र तटस्थमा १ मत परेको छ ।कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद रहेका छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

आजको बैठकमा कांग्रेसका तीन सांसद् अनुपस्थित रहेका थिए । राप्रपा भने तटस्थ बसेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् ।

प्रतिक्रिया