काठमाडौं, भदौ २४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको विध्वंसले मुलुकलाई कम्तीमा २५ वर्षभन्दा बढी पछाडि धकेलेको बताएका छन्।
बालकोटस्थित जलाइएको घरमा पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भदौ २४ लाई देशका लागि ‘कालो दिन’ बताए। उनले अहिले घटनामा रमाउनेहरूले समेत यसको असर आगामी दिनमा भोग्नुपर्ने दाबी गरे।
‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्,’ ओलीले भने।
गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको प्रसंगमा ओलीले व्यंग्य गर्दै सरकारको शैलीप्रति प्रश्न उठाए।
‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ। त्यही होइन र भन्या?’ उनले भने।
ओलीले नयाँ पुस्ताका नेताहरूलाई लक्षित गर्दै ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’ भन्दै कटाक्षसमेत गरे।
२४ भदौ २०८३, बुधबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार