बझाङमा एमालेका भण्डारीको अग्रता कायमै,कांग्रेस पच्छाउँदै

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् ।

उनले २८९० मत प्राप्त गर्दा दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १७५३ मत पाउँदै तेस्रो स्थानमा छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत ल्याएका छन् । 

प्रतिक्रिया