अण्डाको दैनिक सेवनका विषयमा पछिल्लो पटक भएको एक चर्चित परीक्षणले पुनः तात्तातो बहसको सिर्जना गरेको छ । अण्डा खानाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ भन्ने मान्यता छ । यद्यपि पछिल्लो समयमा यस्तो गलत मान्यतामा केही परिवर्तन आएको छ, तर धेरै स्वास्थ्य विज्ञहरुले अझै पनि अण्डाको अधिक सेवन गर्न नहुने सल्लाह दिन्छन् ।
हार्वड विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तरगत उपापचयन स्वास्थ्य विषयमा विद्यावारिधी गरिरहेका विद्यार्थी निक होरोविजले अत्यधिक अण्डा खानाले स्वास्थ्यमा कस्तो असर पर्दछ भन्ने कुरा पत्ता लगाउनका लागि २८ दिनसम्म हरेक घण्टामा एउटा अण्डा खाने कठीन प्रयोग गरे ।
उनले सो च्यालेन्ज सफलतापूर्वक पूरा मात्र गरेनन् उनको त्यो असाधारण खुवाइको नतिजा पनि निकै आश्चर्यजनक देखियो ।
फक्स न्यूजसँग उनले भनेका छन्– यो सम्पूर्ण प्रयोगको उद्देश्य अण्डाको नियमित सेवनले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रामा कस्तो असर पार्छ भन्ने कुरा देखाउनु थियो । केवल अण्डाको सेवनले मेरो कोलेस्ट्रोल बढ्दैन भन्ने मेरो अपेक्षा थियो र नतिजा पनि त्यही बमोजिम आयो ।
एक महिनामै ६० वटा अण्डा खानु भनेको चानचुने होइन । तर २५ वर्षे ती चिकित्सा शास्त्रका विद्यार्थीले अण्डाले हाम्रो शरीरमा पार्ने प्रभावलाई देखाउन सहजै रुपमा अविश्वसनीय तबरले अण्डा खाए । अत्यधिक अण्डाको सेवनले पनि आफ्नो खराब कोलेस्ट्रोलमा कुनै नकारात्मक असर नपर्ने उनको अनुमान थियो । नतिजा त झनै उत्कृष्ट आयो । अण्डाको सेवनले त शरीरको खराब कोलेस्ट्रोल झनै घटेको पाइयो ।
सुरुवातमा ९० मिलिग्राम प्रति डेसिमिटर रहेको उनको खराब कोलेस्ट्रोल अर्थात् एलडिएल हरेक घण्टा अण्डा खाने प्रयोगपछि २० प्रतिशतले घटेको पाइयो ।
त्यसैले अण्डाको अत्यधिक सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ भन्ने मान्यता गलत रहेको बताउँदै उनले तर कुन खानेकुरा कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरा व्यक्तिको पाचन क्षमता तथा मेटाबोलिजममा भर पर्ने बताउँछन् ।
–एजेन्सीको सहयोगमा
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार